काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूले सिट बाँडफाँटको विषय समयमै टुङ्गो लगाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बालुवाटारमा बसेको पूर्व पदाधिकारी एवम् पदाधिकारीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाममुखी बनाउनुपर्ने सुझाव दिएकाे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । आगामी निर्वाचनमा कांग्रेसलाई यति नै सिट चाहिन्छ भनेर उल्लेख गर्ने जस्ता सुझाव भने नआएको उनले बताए।
डा. महतका अनुसार बैठकमा सिट बाँडफाँट कार्यदललाई कसरी जाने सम्बन्धमा पदाधिकारी, पूर्व पदाधिकारी बसेर सुझाव दिने काम भएकाे र पार्टीकाे अान्तरिक विषय समेत छलफल भयाे। बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरु कसको के कति आधार छ भन्ने बारेमा पनि छलफल भएकाे थियाे ।

