जुम्लालाई स्विजरल्याण्ड भन्दा राम्रो बनाउने उद्घोष गर्दै शाहीले उम्मेदवारी घोषणा गरे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाडौँ,२३ साउन । जुम्लालाई स्विजरल्याण्ड भन्दा राम्रो बनाउने उद्घोष गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी मँसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन ।

‘मलाई मेरा पार्टीका नेता, कार्यकर्ता तथा शुभ चिन्तकहरुले काठमाण्डौ २, चितवन, नवलपुर, रुपन्देही, कैलाली, झापा लगायत पार्टीको बाहुल्यता रहेको र चुनाब जित्न सहज हुने ठाउँबाट उठ्न आग्रह गरे पनि मैले मेरो जन्मथलो जुम्ला रोजेको छु’ । शाहीले भने । ‘अहिले सम्म जुम्लाले धेरै प्रतिनिधी काठमाण्डौ पठायो तर ति प्रतिनिधीले न जुम्लाको पिडा काठमाण्डौ पुर्याए न त काठमाण्डौले जुम्लाको हिरा चिन्यो त्यसैले मेरो उम्मेद्धवारी कुनै पनि दलविरुद्ध हैन केबल जुम्लाको आर्थिक स्तर उकास्नका लागी हो’ उनले भने ।