काठमाडौं,२६ साउन । नेपाली हिन्दु महिलाहरुको महानपर्ब तिज नजिकिँदै गर्दा धमाधम तिजगीतको भिडियो सार्वजनिक भइरहेका छन । यसै क्रममा राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार, मुना मगरको स्वरमा ‘बरि लै’ बोलको मर्मश्पर्शी तिजगीतको भिडियो सार्वजनिक भएको छ । राजु परियारको संगीत, राजु सापकोटाको शब्द, नारायण दङ्गालको एरेञ्ज रहेको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानिया, रुपेश श्रेष्ठ, दिक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ फिर्चरिङ्ग छ । सन्तोष तिमल्सिनाले खिचेको भिडियोको निर्देशन भने मिलन श्रेष्ठले गरेका हुन ।