काठमाडाैं । प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन नजिँकिएसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईलाई छटपट्टी सुरू भएकाे छ । निर्वाचनमा एउटा पनि सिट नजित्ने पाे हाे कि भन्ने त्रासमा रहेका अध्यक्ष भट्टराइलाई यतिबेला सबैभन्दा बढी गठबन्धन र चुनावी तालमेलकाे आवश्यकता परेकाे छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार भेटेरै माेर्चा बनाएर एउटै चुनाव चिन्हमा लडाैं भन्ने प्रस्ताव गरे ।चुनावी माेर्चा बनाउनुपर्छ भन्नेमा जाेडबल गर्दै आएका प्रचण्डले बाबुरामकाे प्रस्तावमा सल्लाह गराैंला भनेर जवाफ दिएका छन् ।
दुई नेताबीचकाे छलफलमा ‘मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्नेबारे छलफल भएको र प्रचण्डले सल्लाह गरौँला भन्ने आश्वासन दिएकाे बाबुरामनिकट नेता विश्वदिप पाण्डेले बताए ।हात्तीवनस्थित एक निजी निवासमा भएकाे छलफलमा दुई नेतासँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट बाहिरिएपछि बाबुराम भट्टराई सत्ता गठबन्धनमै रहन र चुनावी तालमेल गर्नमा जुटेका छन् ।