आजदेखि पातला प्लास्टिकका झोला प्रयाेग गर्न नपाइने

NewsBankNepal News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । सरकारले आजदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ। ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण, आयात र प्रयोगमा रोक लगाइएकाे हाे ।

पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई सरकारले कडाइका साथ लागु गर्ने भएको हो।वन तथा वातावरण मन्त्रालय र वन विभागले अब  ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए/नभएकोबारे बुधबारदेखि नै अनुगमन थाल्ने छ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो। भूकम्पका कारण कार्यान्वयन हुन सकेको थिएन। उक्त झाेलाकाे प्रयाेग गरेकाे पाइएमा कारबाही गरिने छ।