पध्मकन्या क्याम्पसमा फेष्टिमार्ट शुरु

Dipak Pudasaini Business/अर्थ ब्यापार , News/समाचार , २ वर्ष अगाडि

काठमाण्डौ, ७ भाद्र । पध्मकन्या क्याम्पस बागबजारमा आजदेखी फेष्टिमार्ट २०२२ शुरु भएको छ । आगामी १० गते सम्म चल्ने फेष्टिमार्टमा क्याम्पसमा अध्यनरत छात्राहरुले बनाएका खानाका बिबिध परिकार, पेन्टिङ, हस्तकला लगायत मनोरन्जनात्क खेलको मज्जा लिन पाईने इभेन्ट निर्देशक सरला डँगोलले बताएकी छिन ।


बिधार्थीलाई किताबी ज्ञान सँगै ब्यबहारीक र प्रयोगात्मक सिकाई बढी प्रभाबकारी तथा आबश्यक रहेको प्राध्यापक तथा इभेन्टकी सल्लाहकार सुमिधा पोख्रेलले बताउनु भयो ।


रचनात्मक तथा नबिनता बिषयमा बिबिएम सातौ सेमेष्टरमा अध्यनरत बिधार्थीहरुले इभेन्ट आयोजना गरेका हुन ।