काठमाडौंं, १२ भदौ । शँकरापुर नगरपालिका र सुस्मा कोइराला मेमोरियल अस्पताल बिच आज महत्वपुर्ण सँझौतामा हस्ताक्षर भएको छ ।
नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उक्त महत्वपुर्ण सँझौतामा नगर प्रमुख रमेश नापीत तथा अस्पतालका निर्देशक डा.सन्तोष बिक्रम भण्डारीले आज नगर पालिकाको कार्यालय साँखुमा हस्ताक्षर गरेको नगर प्रबक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।

सँझौता अनुसार नगरपालिका भित्रका सबै नागरिकलाई सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपलब्ध सेवा मध्धे ७ प्रकारका सेवामा निःशुल्क उपचार हुनेछ भने थप ११ वटा सेवामा ३० देखी ६० प्रतिशत छुट हुनेछ ।
आजैदेखी लागुहुने सँम्झौता हस्ताक्षर समारोहमा उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रबक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख बिष्णु चापागाई तथा अस्पतालको तर्फबाट सुजाता कोईरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारी, सिइओ दिपेन्द्र र अर्थ संयोजक भोला बिष्टको लगायतको उपस्थिती थियो ।
निःशुल्क उपचार पाइने सेवाहरु
नगरप्रमुख नापित र अस्पतालका निर्देशक डा.भण्डारीबिच भएको सँझौता अनुसार
डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ, तथा नर्मल बेडको उपचार निःशुल्क हुनेछ ।
यस्तै इन्भेस्टिगेशन अन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत तथा। स्पेशल ओपिडी अन्तर्गत (गाइनो, अर्थोपेडीम, स्पाइनल, साइकोलोजी, साइक्याट्री, इएनटी) मा लागेको खर्चको ३० प्रतिशत छुट गरिने सँझौता जनाइएको छ । सँझौता अनुसार उक्त उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्ने छ ।

