मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्ड थुनामुक्त

NewsBankNepal News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणकाे निर्देशनपछि सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हाे । गृहमन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुराएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई  प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।

 भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।