पाेखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पठाइएको नागरिकता विधेयक पनि प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् ।
पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले तर यसपटक राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना रहेकाे पनि बताए ।
राष्ट्रपतिले नागरिकता विधेयकका केही बुँदा संशाेधन गर्न आवश्यक रहेकाे भन्दै फिर्ता पठाएकी थिइन् । तर, उनले फिर्ता गरेकाे उक्त विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाले जस्ताको तस्तै पारित गरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । सत्तारूढ दलले जस्ताकाे तस्तै पारित गरेपछि उनी केही रूष्ट देखिएकी छिन् ।
राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त नबुझे एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिए पनि दाेस्राे पटकलाई नभएकाे हुँदा उनी अहिले अप्ठयाराेमा परेकाे स्राेतले बताएकाे छ । तसर्थ केहीदिन यता उनी कानुनीविद्हरूसँग निरन्तर परामर्श गर्दै आएकी छिन् । प्रमाणाीकरण गर्छिन् या राजीनामा दिन्छिन् त्याे पछि नै थाहा हुनेछ ।

