वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । 

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि बी एण्ड बी अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार गरियो र पछि भेन्टिलेटरमा राख्नु परेको थियो । 

सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का.वा. सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए। 

 २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामा थुनिएको थियो ।