न्यूरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । तपाईँ दशैंकाे किनमेल, घुमघाम या अन्य प्रयाेजनले न्यूराेड जाँदै हुनुहुन्छ भने आजबाट पार्किङ खुलामञ्चमा गरेर जानुपर्नेछ । काठमाडौंको अत्यधिक भिड हुने न्यूराेड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई चाडपर्वको समयमा हुने चाप घटाउन आजदेखि न्यूराेड प्रवेश गर्न रोक लगाइएको हाे ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।  यो व्यवस्था फूलपाती सम्म कायम रहने कार्यालयले जनाएको छ ।

फूलपातीको दिनदेखि सवारी चाप केही कम हुने छ ।  उपत्यकामा विभिन्न पेशा,व्यावसाय गरेर बसेका र विद्यार्थीहरू दशैं मनाउन गाउँ फर्कने क्रम फुलपातीकाे दिनसम्म निकै कम भइसक्छ । फुलपातीदेखि दशैंकाे दिनसम्म उपत्यका लभभग सुनसान जस्तै हुन्छ ।