राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ ।असोज २२ गते स्वास्थ्य समस्या भएपछि राष्ट्रपतिलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए। उनको भीभीआईपी क्याबिनमा राखेर उपचार गरिएकाे छ।राष्ट्रपतिको स्वास्थ्य भने सामान्य नै रहेकाे अस्पतालले जनाएकाे छ ।