काठमाण्डौ क्षेत्र नँ २ मा आगामी मँसिर ४ गते सँम्पन्न हुन गईरहेको प्रतिनिधी सभा सदस्यको निर्बाचनमा १० स्वतन्त्र, ९ पर्यटक सहित ३० जना चुनाबी प्रतिस्पर्धामा भिड्दै छन । २०४८ को आम निर्बाचन देखी नै अधिकाँस समय पर्यटक प्रतिनिधीको कब्जामा रहेको कारण पनि बिकाश निर्माण पिछडीएको बिश्लेषण भइरहँदा यस पटक पनि यो क्षेत्र बाट २ जना स्वतन्त्र सहित ९ जना पर्यटक उम्मेद्धवार प्रतिस्पर्धाको मैदानमा होमिएका हुन ।
२ जना स्वतन्त्रमा बर्दिवास नगरपालिका ५ महोत्तरीका दिनेश खड्का र मेलम्ची नगरपालिका १२ सिन्धुपाल्चोककी भगवती ढकाल छन ।
त्यसैगरी नेकपा माओबादीका तर्फबाट रोल्पा नगरपालीका ७ माडीचौर रोल्पाकी ओनसरी घर्ति, हाम्रो नेपाल पार्र्टीका तर्फबाट गौरादह नगरपालिका ९ झापाका कोषराज सुबेदी राट्रिय जनमुक्ति पार्टीका तर्फबाट खोटाहाङ गाउँपालिका ९ खोटाङ्गका चिरिन्जिबी राई, सचेत नेपाली पार्टीका तर्फबाट गोकर्णेश्वर नगरपालिका ६ काठमाण्डौका पुण्य प्रसाद प्रसाई, नेपालका लागी नेपाली पार्टीका तर्फबाट चाँगु नारायण नगरपालिका ८ भक्तपुरका राममणि नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तामाकोशी गाउँपालीका ३ जामुने दोलखाकी सोबिता गौतम तथा तथा जुगल गाउँपालिका १ सिन्धुपाल्चोकका हेम बिक्रम सिलवालले नेपाली काँग्रेस (बिपी) का तफर्बट चुनाबी मैदानमा होमिएका छन ।
काठमाण्डौ २ नँ क्षेत्र भित्रका स्थानिय उम्मेद्धवारहरुमा नेकपा एमालेबाट कागेश्वरी मनोहरा नगरपालिका ६ का मणिराम फुँयाल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाण्डौ महानगरपालिका ९ कि कुन्तीदेबी पोखरेल (उपाध्याय),
लोकतान्त्रीक समाजबादी पार्टी नेपालबाट कागेश्वरी मनोहरा नगरपालिका ४ सत्याटारका मधुसुदन पुडासैनी, नेपाल मजदुर किसान पार्टीबाट कागेश्वरी मनोहरा नगरपालिका ५ थलीका अनिल श्रेष्ठ, नेपालबाद पार्टीबाट कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारका इश्वर गौतम, जनमत पार्टीबाट कागेश्वरी मनोहरा नगरपालिका ९ का गणेश प्रसाद पुडासैनी, जनता समाजबादी पार्टीबाट कागेश्वरी मनोहरा नगरपालिका ९ का गोपाल बहादुर टण्डुकार, बिबेकशिल साझा पार्टीबाट काठममाण्डौ महानगरपालिका ३२ का धनेज थापा, पुनर्जाजगरण पार्टी नेपालबाट काठमाण्डौ महानगरपालिका ३२ का बिजेन्द्र बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कागेश्वरी मनोहरा नगरपालिका १ का महेश वास्तोला मौलिक जरोकिलो पार्टीबाट कागेश्वरी मनोहरा नगरपालिका ४ का लक्ष्मण पोख्रेल, गान्धिबादी पार्टी नेपालबाट कागेश्वरी मनोहरा नगरपालिका ४ का बिदुर प्रसाद सिँखडा, तथा मँगोल नेशनल अर्गनाईजेसन पार्टीबाट काठमाण्डौ महानगपालिका ९ कि सीता तामाङ छन ।
स्थानिय अन्य ८ जना स्वतन्त्र उम्मेद्धवारहरुमा कागेश्वरी मनोहरा नगरपालिका ९ का अनुप बोहरा, कागेश्वरी मनोहरा नगरपालिका ८ का काशिराज पुडासैनी, काठमाण्डौ महानगरपालिका ९ का कृष्ण अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेबका कृष्णराम पुरी, काठमाण्डौ महानगरपालिका ३२ का प्रकाश अधिकारी, शँकरापुर नगरपालिका ३ का प्रकाश अधिकारी, कागेश्वरी मनोहरा ६ का बलराम चौलागाँई, तथा कागेश्वरी मनोहरा नगरपालिका ५ का बिनोद प्रसाद घिमिरे छन
यस क्षेत्रमा शँकरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका ४,५,६,७, ८ र ९ नँ वडा तथा काठमाण्डौ महानगरपालिकाका वडा नँ ९ र ३२ पर्दछन ।