ओलीले बहिनीहरुकाे हातबाट भाइटीका लगाए

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । भाइटीकाको शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण लगाएका हुन्। 

ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट ग्रहण गरेकाे उनको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले बहिनीहरुले दिएका कोशेली ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिए । 

यम पञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । 

टीका ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुराएको बताए । हरेक चाडपर्वको महत्व फरक फरक हुने भन्दै चाडपर्वको संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताए। हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीले संरक्षित गर्नु अहिलेको आवश्यक्ता भएको बताए ।