पाल्पाबाट मनकामना आउँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु,२५ घाइते

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारक लागि चितवन ल्याइएकाे छ । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन,थप विवरण आउन बाँकी छ ।