निर्वाचन प्रयाेजनका लागि भारत सरकारले दियाे २०० सवारी साधन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं । आगामी म‌सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई दुई सयवटा सवारी साधन उपलब्ध गराएकाे छ ।

काठमाडौंस्थित भारतीय दूतावासले निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई ती सवारी साधन उपहार स्वरुप हस्तान्तरण गरेकाे हाे ।मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गरेका छन् ।

यी सवारी साधन निर्वाचनका लागि प्रयोग गरिनेछ । भारतले यसअघि पनि अघिल्ला निर्वाचनमा निर्वाचन सामग्रीहरु सहयाेग गर्दै आएकाे छ ।