काठमाडाैं । प्रतिनिधि सभामा १० वटा निर्वाचन क्षेत्र र २० वटा प्रदेश सभामा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना फरक-फरक ठाउँमा हुने भएको छ ।हरेक निर्वाचन क्षेत्रको मतगणना एकैपटक फरक-फरक ठाउँमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना संघीय संसद भवन नयाँबानेश्वर, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुलमा हुनेछ । क्षेत्र नम्बर ४ को बुढानिलण्डको चपलीमा रहेको जेष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वरको धर्मस्थलीमा र ७ को बालाजुको जुडो हलमा हुने भएको छ ।
यस्तै, क्षेत्र नम्बर ८ को स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रविभवन, र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्मृती भवनमा हुने उनले बताए ।

