काठमाण्डौ, ६ मँसिर । निर्बाचन आयोगले एकहप्ता भित्र मत परिणाम सार्बजनिक गर्ने भने पनि मतदान सम्पन्न भएको तेस्रो दिन शुरुहुँदा सम्म पनि २९ स्थानमा अझै मतगणना शुरु भएको छैन । ४ स्थानको परिणाम आउँदा १ सय ३२ स्थानमा भने मत गणना जारी छ ।
परिणाम आएको ४ स्थान मध्धे ३ मा नेपाली काँग्रेसले बाजि मारेको छ भने ललितपुर २ मा एमालेले जित निकालेको छ ।
मत गणना जारी रहेका १ सय ३२ स्थान मध्धे नेपाली काँग्रेस ४५, नेकपा एमाले ३७, माओबादी केन्द्र १२, राप्रपा ७ राष्टिय स्वतन्त्र पार्टी ७, नेकपा समाजबादी ६, नागरिक उन्मुक्ती पार्टी ४, जसपा ३, लोसपा २, हाम्रो नेपाली पार्टी १ जनमोर्चा १ तथा ६ स्थानमा अग्रता लिएका छन ।

