पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपकाे सेमिफाइनलमा

NewsBankNepal Latest Update , Sports/खेलकुद , २ वर्ष अगाडि

मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ ।मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले गरेकाे एक गाेल नै निर्णायक गोल बन्याे।

१० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।