तराईका जिल्लाहरुमा चिसो बढ्याे, जनजिवन प्रभावित

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

सर्लाही । केही दिन यता तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासी बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ ।

 न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङग्रिएर बस्नु परिरहेको छ ।चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङग्रिएर मृत्यु हुने अवस्था रहेको छ । चिसो छल्नका लागि स्थानीयहरु घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन् ।

विपन्न परिवारलाई चिसोबाट जोगाउन स्थानीय तह तथा अन्य सरोकारवाला निकायले अहिलेसम्म कुनै पहल नगरेको प्रभावितहरुले गुनासो गरेका छन् ।मङ्सिर २८ गते सदरमुकाम मलङ्गवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चिसोबाट प्रभावित भएकाहरुका लागि सुरक्षित राख्न स्थानीय तहसहित सरकारी तथा गैरसरकारी सङ्घसंस्था मिलेर न्यानो कपडा, कम्बल जस्ता सामग्री उपलब्धग गराउने, टोल बस्तीमा दाउरा, मुढा वितरण गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।चिकित्सकले चिसोबाट बच्न काम विशेषबाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो कपडा लगाउन सुझाव दिएका छन् ।