राष्ट्रपति भण्डारी साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन्

NewsBankNepal News/समाचार , Photo Bank , Photo Gallery , २ वर्ष अगाडि

पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन् । राष्ट्रपति भण्डारी शनिबार साझा बसमा यात्रा गरेर ललितपुरको पिम्बहाल पुगेकी हुन् ।

भण्डारीलाई ल्याउन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवास पुगेको थियो ।

उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिइन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।

लगत्तै राष्ट्रपति भण्डारी शनिबार ललितपुरस्थित पाटनढोकामा मदन पुस्तकालयको अवलोकन गरिन् ।