‘टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन’

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले टीकापुर घटना बन्द कोठाभित्र घटाइएको घटना नभएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएकी हुन्। 
 
उनले रेशम चौधरीलगायत सयौँ थारू दाजुभाइ हामी पनि यही भूमिपुत्र हौँ, नागरिक भएको पहिचान देऊभन्दा सत्ताले झुटा मुद्दा लगाएर पाँच वर्षदेखि जेलमा सडाएको आरोप लागाइन्। उनले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मद्दा लगाइएको टिप्पणी गरिन् ।न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मद्दा लगाइयो ?