काठमाडाैं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो ।
राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । जसलाई सरकारले स्वीकार गरेको हो ।पृथ्वी जयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२र०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए ।
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख छ। न्यूनतम साझा कार्यक्रमलाई मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

