आज ‘भ्यालेन्टाइन्स् डे’ अर्थात् प्रणय दिवस

NewsBankNepal News/समाचार , २ वर्ष अगाडि

काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

 आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।भ्यालेन्टाइन्स् डे को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट सुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।