काठमाडाैं । बसन्तपुरमा सोमबार तीनतले चीर ठड्याएको छ । यहाँ चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।बिहान ७:४५ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए ।
त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु गरेका थिए । त्यस अवसरमा गुरुजुको पल्टनले बन्दुक पडकाई बढाईं गरेका थिए ।
चीर उठाएको हेर्न बसन्तपुरमा स्थानीय र पर्यटकहरूको भीड लागेको थियो । ऋतुहरुका राजा बसन्त ऋतुको आगमनलाई नेपालीहरु त्यसरी नै एकापसमा रंग अबिर छ्यापी होली अर्थात फागु खेलेर स्वागत गर्ने परम्परा छ ।