रिटर्नी फेडेरेशनको प्रथम महाधिबेशन चैत्र ११ र १२ मा काठमाण्डौ हुने, अध्यक्षमा ४ जनाको दाबी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, ७ चैत्र । रिटर्नीको ज्ञान, सिप, पूँजी र जाँगर, समृद्ध नेपाल निर्माणको दिगो आधार भन्ने नाराका साथ गठन भएको रिटर्नी फेडेरेशन नेपालको प्रथम महाअधिबेशन आगामी चैत्र ११ र १२ गते काठमाण्डौमा हुने भएको छ । २०७८ पौष १६ गते नेकपा एमालेको २२ औ जन बर्गिय सँगनको मान्यता पाएको फेडेरेशनको उद्घाटन पुर्ब प्रधानमन्त्री एबँ नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्नुहुने भएको छ ।
महाधिबेशन नजिकै आएसँगै नेतृत्वका आकाँक्षीहरु समेत सल्बलाउन थालेका छन । न्यूजबैकलाइ प्रप्त सूचनाका आधारमा हाल सम्म ४ जनाले नेतृत्वमा दाबि गरेका छन । जसमा वर्तमान तदर्थ कमिटी अध्यक्ष रहेका चन्द्र बहादुर रोकाहा,बरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी,उपाध्यक्षहरु विनोद भट्टराई , र शालिक बसेलले अध्यक्षमा लबिङ गरिरहेका छन । यधपी प्रथम महाधिबेशनमा बिबाद र चुनाब भन्दा पनि सहमतीमै नेतृत्व चयन हुनु पर्नेमा पार्टी नेतृत्वले दबाब बढाएका छन ।