बालेन साहले भने-महानगरका कर्मचारीले पैसा मागेमा खबर गर्नुस्

NewsBankNepal News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचार गर्ने कर्मचारीको बारेमा उजुरी गर्न आग्रह गरेका छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेका हुन् । आफूले भ्रष्टाचार भएको हेर्न नसक्ने उल्लेख गर्दै उनले बिनाप्रमाण आरोप नलगाउन पनि उनको आग्रह छ ।

उनले लेखेका छन्, ‘ कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । उनले आफूले बोक्ने मोबाइलमा ह्वाट्सएप गरेर प्रमाण पठाउन पनि आग्रह गरेका छन् । उनले आफूले बोक्ने भन्दै ९८६३५९२०११ मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् ।’