नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । सन २००६ मा नेपाल कतार पत्रकार सँघको नामबाट गठन भएको महासँघले नेपाली राजदुतावास कतारको सभाहलमा महासंघले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्वमा भएको कार्यक्रममा राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको थियो ।

कार्यक्रममा राजदुत डा.ढकालले पत्रकार पेशा आफैमा चुनौतीपूर्ण रहेको बताए बताउँदै नेपालको संविधानले पत्रकारलाई रास्ट्रको चौथो अङ्गमा वर्गीकरण गरेकाले सोही अनुसार समाचार लेखनमा सत्यता,निष्पक्षता हुनुपर्नेमा जोड दिएका थिए ।
उनले केही पत्रकारले समाजमा अफवाह फैलाउने,बिभाजन गर्ने जस्ता “निच ” पत्रकारीता गर्ने हुँदा सचेत हुनपनि आग्रह गरे । कतारमा रहेका नेपाली पत्रकारहरुले आफ्नो पेशालाइ उच्च मर्यादा कायम राख्दै जटिलता, विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू प्रति सचेत रहँदै कलम चलाउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेल,सामाजिक बुद्धिजिवि व्याक्तित्वहरु कमलमणि गुराँगाईं,बिमल सुबेदी,एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,रेडियो कतार उर्दुका पत्रकार ओबैद ताहीर,एम ई आकाश बङ्ला – कतार प्रेस क्लब बाटले आ आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा नेपाली समुदाय बाट नेपाली व्यवसायी डा.देव काजी डङ्गोल र अरेबियन गल्फ पेनेन्सुलाका सिनियर पत्रकार अशरफ सिद्दिकीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । त्यसैगरि क्यूएन खबरका संचालक अनिल मगर र सारदा भुजेल लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो ।
उपाध्यक्ष दिल कुमार श्रेष्टले स्वागत गरेको कार्यक्रममा रेगिस्तानी कवी तिर्थसँगम राईले कविता बाचन गरेका थिए भने महासँघका अध्यक्ष करिमबक्स मियाँले नेपाल पत्रकार महासँघ कतार शाखाको आबश्यकता भुमिका तथा महत्वबारे प्रकास पारेका थिए ।

