कर फर्छ्याैट आयोगका तत्कालीन सहसचिव शर्मासहित तीन जना दोषी ठहर

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । विशेष अदालतले कर फर्छ्याैट आयोगका तत्कालीन सहसचिव चुडामणि शर्मा र दुई पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सबैलाई दोषी ठहर गरेको छ ।

कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका हुन।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज गरेको फैसलामा आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिँदा भ्रष्टाचार गरेको ठहर्याएको हाे ।