काठमाडौँ १ असार । नेपालीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोप लागेका प्रतिवादीमध्ये १६ जनालाई काठमाण्डौ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहस सकिए पछी अदालतले आज उक्त आदेश दिएको हो ।
थुनामा पठाउने आदेश भएका प्रतिवादीहरु
टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहस पछी लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा रिहा गर्ने आदेश भएको हो ।
फरार अभियुक्तहरु
केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा ।
लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जानकारी दिएको छ । यस्तै पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्ब गृहमन्त्री बालकृष्ण खाँण भुटानी मानब अधिकारीबादी नेताको परिचय बनाएका टेकनाथ रिजाल सहित १६ जनाप्रतिवादीलाइ भने पुर्पक्षका लागि जेल चलान भएका छन । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन ।

