दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु

NewsBankNepal News/समाचार , १ वर्ष अगाडि

 दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

अहिले चौधरी र केसी दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।