काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि निवास फर्केका छन् ।
उनी असार २ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।