कार्कीले बिश्वासको मत पाएनन, कोशीबाट पनि एमाले नेतृत्वको सरकार ढल्यो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ३ वर्ष अगाडि

विराटनगर, १५ असार । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । आज मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो । माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछी मुख्यमन्त्री कार्कीले सदनबाट बिश्वासको मत मागेका थिए । ९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए । ८९ जना सांसदले मतदानमा सहभागीता जनाएका थिए ।

नेकपा एमाले कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दल हो अन्य प्रदेशमा यसअघिनै सरकारबाट बाहिरिइ सकेको एमाले अब ७ वटै प्रदेश र सँघमा सरकार बिहिन बनेको छ । कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका थिए ।
कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए । अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन ।