काठमाडाैं । जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । साे पार्टीले मन्त्रीका लागि समानुपातिक सांसद अनितादेवी साहको नाम सिफारिस गरेको छ ।
जनमतका प्रवक्ता शरदसिंह यादवले एक साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई साहको नाम सिफारिस गरेको जानकारी दिए । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियाे ।जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको कारण गत चैत १७ मा सरकार छोडेको थियो । मागेको मन्त्रालय नपाएपछि पार्टीका तर्फबाट खानेपानीमन्त्री रहेका अब्दुल खानले राजीनामा दिएका थिए ।

