खड्कालाई कार्यबाहक दिएर प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ, ३० भाद्र । नेपाली काँग्रेसका उप सभापती तथा उप प्रधान एबँ रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई कार्यबाहक दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइट नँ क्यूआर ६४७ बाट उनी दोहा हुँदै अमेरिकाको न्युयोर्क गएका हुन्।


प्रधानमन्त्रीलाई त्रिभुबन अन्तराष्टिय बिमानस्थलबाट प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। असोज १ गतेदेखि ९ गतेसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्फ गएका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। ७८ औं महासभालाई प्रधानमन्त्री दाहालले असोज ४ गते सम्बोधन गर्नेछन्।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहाल दिगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। महासभा चलिरहँदा प्रधानमन्त्रीले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।