कसरी खाँदै हुनुहुन्छ दर?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं ।आज हरितालिका तीजको अघिल्लो दिन । परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार दर खाएर मनाइँदै छ ।

हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ ।

दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बस्दा उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी पूजा शिवको पूजा गर्ने चलन छ ।