रास्वपाको भेलाले देबकोटालाई कमलामाइ नगरपालिकाको सभापती चयन गर्यो

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

सिन्धुली, १५ असोज । राष्टिय स्वतन्त्रपार्टीको कमलामाई नगर भेलाले नगर सभापतीमा लाल प्रसाद देबकोटालाई सभापती चयन गरेको छ । रास्वपा नेता एबँ प्रतिनिधी सभा सदस्य स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा हिजो सँम्पन्न भेलाले ११ सदस्यि नगर कमिटी चयन गरेको थियो । पार्टीका जिल्ला सँयोजक रमेश घिमिरेको अध्यक्षतामा भएको भेलाबाट ३ जना सल्लाहकार समेत चयन गरेको छ ।

भेलाबाट उपसभापतिमा जङ्ग बहादुर तामाङ, सचिवमा विष्णु अधिकारी, कोषाध्यक्षमा सुनिता माझी, सर्वसम्मत चयन हुनु भएको छ । सदस्यहरूमा सन्तबहादुर तोलाङ्गे, सरिता विश्वकर्मा, सरिता माझी, पासाङ तामाङ, बुर्जा योञ्जन, प्रवीण कुमार थापा र पूर्ण बहादुर वाइबा चयन हुनु भएको हो ।

सल्लाहकार समितिको संयोजकमा तारा बहादुर थापा, सहसंयोजकमा उर्पविक्रम थापा र सदस्यमा टंक थापा चयन हुनु भएको छ ।

भेलालाई सँबोधन गर्दै रास्वपाका नेता एवं प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले राजनीतिक बिचौलियाहरूलाई अन्त्य गर्ने बताउँनु भएको थियो । पार्टीले कुनै पनि भातृ सङ्गठन नबनाउने जानकारी दिदै वाग्लेले दलका भातृ संगठनले राजनीतिलाई विकृत बनाएकोले रास्वपाले विकृत राजनीतिक संस्कारलाई बढार्ने बताउनुभयो । देश बनाउनका लागि निस्वार्थ भावले रास्वपाअघि बढेकाले संगठिन हुन र नागरिकका समस्या समाधान तर्फ पहल गर्न पार्टी सदस्यहरुलाई आग्रह गर्नुभयो ।