काठमाडाैं । जनस्वास्थ्यविद्हरूले बर्खा सकिएपछिको अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।
यो वर्ष काठमाण्डू उपत्यकाका तीनसहित ७६ जिल्लामा डेङ्गीका बिरामी रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।यो वर्ष अहिलेसम्म हुम्ला जिल्लामा डेङ्गी फेला नपरेको अधिकारीहरूले बताएका छन्।
यो वर्षको ज्यानुअरी १ देखि अक्टोबर १० तारिखसम्म ३८,०५९ जनामा डेङ्गी पुष्टि भएको छ भने त्यसबाट २० जनाको ज्यान गएको महाशाखाको तथ्याङ्क छ।
दार्चुला, दाङ, अछाम, डोटी, सुर्खेत, बझाङ, डडेलधुरा, रसुवा, मुगु, जुम्ला, कालीकोट र हुम्लामा बाहेक अरू जिल्लामा एकदेखि हजारौँको सङ्ख्यामा डेङ्गीको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलवारसम्म सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
डेङ्गीबाट बच्ने उपाय के हुन्?
- लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
- खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
- पानी छोपेर राख्ने
- शरीरका अधिकांश अङ्ग ढाक्ने किसिमका लुगा लगाउने
- सकेसम्म फिक्का सेतो रङ्गका लुगा लगाउने
- दिनमा टोक्ने लामखुट्टेबाट बच्ने
- लामखुट्टेको टोकाइ जोगिन तिनलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने
- साभार बिबिसी अनलाइन