एनआरएनको ११औ महाअधिबेशन काठमाडाैंमा, नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सकिने

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ, २९ असोज । गैरआवासीय नेपाली संघको ११ औ महाअधिबेशन तथा तेस्रो ज्ञान सम्मेलन काठमाण्डौमा जारी रहेकाे छ । काठमाण्डौको सोल्टी होटलमा जारी सम्मेलन नयाँ नेतृत्व चयन गर्दै कार्तिक ३ गते समापन हुनेछ । विश्व सम्मेलनमा भाग लिन विश्वभरबाट संघका प्रतिनिधिहरु राजधानीमा भेला भै सकेका छन् ।

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा भएको छ । विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संघले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने प्रयास गर्दै आएको छ । यद्यपि संघमा पछिल्लो समय बढी राजनीतिकरण र जातीयकरणको रोग बढ्दै गएको, नेतृत्वमा व्यवसायिक र स्वतन्त्र व्यक्तिभन्दा पनि राजनीति उद्देश्यले लागेका व्यक्तिहरु हावी हुँदै गएको, संघको नेतृत्वमा पुगेर व्यक्तिगत फाइदाका लागि काम गर्न लाग्ने गरेको समेत आरोप लाग्ने गरेको छ ।

हालसम्म ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरिसकेको संघको यस पटकको महाधिबेसनमा ५९ देशका ४ हजार २ सय २७ प्रतिनिधिले मतदान प्रक्रियामा सहभागिता जनाउँदै छन ।