काठमाडौं,३ कार्तिक गैरआवासीय नेपाली संघको हिजो सँम्पन्न निर्बाचनबाट अध्यक्ष डा. बद्री केसी विजयी भएका छन् । प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी रबिना थापाले भने अन्तिम समयमा मेह श्रेष्ठलाइ समर्थन गर्दै आफ्नो उम्मेद्धवारी निष्क्रिय बनाएकी थिइन ।
काठमाण्डौं स्थित सोल्टी होटलमा भएको एनआरएनएको ११औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि हिजो भएको निर्बाचन परिणाम अनुसार डा. केसी १ हजार ३ सय ७८ मतसहित विजयी भएको निर्बाचन समितीले घोषणा गरेको छ । केसीले शर्मालाई ९७ मतल पछी पारेका छन । १ हजार २ सय ८१, मत ल्याएका थिए भने अर्का प्रत्यासी श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन ।
संगठनको उपाध्यमा डा.हेम राज शर्मा २ हजार२ सय ६५, रोविन शेरचन २ हजार १ सय ८०, राज रेग्मी १ हजार ९ सय, रामशरण सिमखडा १ हजार ५ सय ५२,डा.विनोद श्रेष्ठ १ हजार ५ सय ६० र खगेन्द्र न्यौपाने १ हजार ३ सय ५७, मतसहित निर्वाचित भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १ हजार ९ सय ४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १ हजार ९ सय१४ मत प्राप्त गरिन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २ हजार ४ सय ६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १ हजार ३ सय २२ मत प्राप्त गरे ।
यसैगरी महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८ सय १८ मत प्राप्त गरेका छन् । यस्तै उपमहासचिवमा प्रविन गुरुङले २ हजार १ सय ५० र सोम सापकोटा १ हजार ७ सय ९० मतसहित विजयी भए ।
सचिव पदमा भिम केसी (कमल) १ हजार ६ सय ७३, डा. ज्ञानेन्द्र रेग्मी १ हजार ७ सय ८२, मनोज कुमार श्रेष्ठ २ हजार २४, डा नवराज रोस्यारा १ हजार ८ सय ५३, पारमणी पोखरेल १हजार६ सय ५१ र स्वतन्त्र प्रताप शाह १ हजार ६ सय ६६ मत सहित विजयी भएका छन् ।
महिला सचिवमा टिक गुरुङ, राधिका विजयी भइन् भने । कोषाध्यक्षमा सुदन थापा विजयी भएका छन सह कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरेले बाजि मारे । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले विजयी भइन् । यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र घिसिङ बिजयी भए ।
यसैबिच अनलाइन मतदानका क्रममा सिष्टम ह्याक गरेक चुनाबी परिणाम उल्ट्याएको आरोप लगाउँदै शर्मा र श्रेष्टले निर्बाचन परिणाम अश्विकार गर्ने बताएका छन । यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए । त्यस्तै अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।