एजेन्ट मार्फतनै कतार पुग्छन अधिकाँस नेपाली, म्यानपावर कम्पनीहरुले बिश्वसनियता बढाउन सकेनन

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , २ वर्ष अगाडि

काठमाडौं,११ पुस । म्यानपावर कम्पनिहरुले बिश्वसनियता बढाउन नसक्दा अझै अधिकाँस नेपाली कामदार एजेन्ट मार्फतनै कतार जानेगरेको एक अध्यनले देखाएको छ । अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले कतारमा गरेको अध्ययन अनुसार ४८ प्रतिशत व्यक्तिले रोजगारीका बारेमा एजेण्ट मार्फत जानकारी पाएको बताएका छन् । नेपाल सरकारले केहि नेपाल ऐन संशोधन, २०७५ मार्फत वैदेशिक रोजगार ऐनमा भएको एजेण्ट सम्वन्धि व्यवस्था हटाईसकेको छ । तर अभ्यासमा भनें उनीहरु माथि नै श्रमिकहरु भरपर्ने गरेको देखिएको हो ।
आइटीयूसीले सार्वजनिक गरेको रीपोर्ट अनुसार ३ सय ४५ जना मध्ये २२ प्रतिशतले आफन्त मार्फत तथा २१ प्रतिशतले साथि मार्फत कतारको रोजगारीका बारेमा जानकारी पाएको बताएका थिए । केवल एक प्रतिशतले मात्र आफूले सिधै मेनपावर कम्पनीबाट रोजगारीका बारेमा जानकारी पाएको बताएका थिए ।
यसैगरी ९९ प्रतिशत नेपाली श्रमिक भर्ना शुल्क तिरेर काम गर्न पुगेको देखिएको छ । कतारमा काम गरिरहेका ३ सय ४५ जनासँग गरिएको कुराकानीमा आधारित सो अध्ययनले ४९ प्रतिशत नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले नै राखेको पनि देखिएको छ ।
सो अध्ययन अनुसार केवल एक प्रतिशतले मात्र आफूले रोजगारी प्राप्त गर्न कुनै शुल्क तिर्नु नपरेको बताएका थिए । यसैगरी कतारमा कार्यरत उनीहरु मध्ये ४९ प्रतिशतको राहदानी (पासपोर्ट) रोजगारदाताले राखेको पाइएको छ । कतारले श्रमिकको पासपोर्ट रोजगारदाताले राख्न नपाउने कानुनी प्रत्याभूति गरेको छ । त्यसविपरित रोजगारदाताहरुले पोसपोर्ट राखेको देखिएको हो ।
अध्ययनमा श्रमिकहरु पुनः आफूले सेवा लिएकै मेनपावर कम्पनीको सेवा लिन ईच्छुक छन् वा छैनन् भन्ने प्रश्न सोधिएको थियो । सो प्रश्नमा ७२ प्रतिशत नेपाली श्रमिकले आफूले पुनः त्यहि मेनपावार कम्पनीको सेवा नलिने बताएका थिए । यसैगरी ८६ प्रतिशतले पुनः आफू सोही रोजगारदातासँग का मगर्न अनिच्छुक रहेको बताए । तर ८८ प्रतिशत व्यक्ति पुनः रोजगारीका लागि कतार आउन चाहेको देखिएको छ ।


नेपाली श्रमिकहरुका बारेमा गरिएको अध्ययनको अध्यनको रिपोर्टहरु हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

Survey analysis: Monitoring recruitment of Nepalese migrant workers to Qatar

This report offers an analysis of 345 reviews posted on www.RecruitmentAdvisor.org in 2022 by Nepalese workers who identified Qatar as their country of employment. This report outlines the key findings of the survey.