प्रहरीको गोली लागेर शाहको ज्यान गयो, बरहथवामा भोलि बिहान ८ बजे सम्म कर्फ्यू

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्वास्थ्य , १२ महिना अगाडि

काठमाण्डौ, २० पुस । बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको छ । तनाब ग्रस्त स्थिती नियन्त्रमा लिन गोली चलाउनू परेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

स्थिती नियन्त्रण बाहिर जान लागेपछी जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला द्धवारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ ।
अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको थियो । यो विषयमा विवाद भएपछि आजका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो । तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरेको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो ।

नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ । स्थानीयले आज बजार बन्दसमेत गराएका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले बताएको छ । बरहथवा क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।