पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , २ वर्ष अगाडि

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।त्यहाँको एक अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका छन्।गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ जसमा उनलाई उम्मेदवार हुन निषेध गरिएको छ।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

गत अगस्टदेखि हिरासतमा रहेका खानकाे जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि मुद्दाको सुनुवाइ हुँदै आएकाे थियो ।