कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो बाउन्न महिलालाई सम्मान

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , १० महिना अगाडि

काठमाण्डौ, २६ फाल्गुन । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ १ सय १४औ अन्तराष्ट्रिय महिला दिबस मनाइ रहेको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने ५२ जना महिलालाई सम्मान गरेको छ ।


महिला अधिकारका क्षेत्रमा लामो अनुभब हाँसिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय सँस्थामा आबद्ध महिलाहरु, सरकारी सेवाको बिशिष्ट पदमा रहि वा बिशिष्ट पदबाट सेवा निबृत्त कर्मचारी, समाज सेवा तथा राजनिति लगायतका क्षेत्रमा समर्पपित भै प्रतिष्ठा हाँसिल गरेका महिलाहरु, बिधावारिधी गरेका महिलाहरु, आफ्नै पहलमा ब्यबसाय सन्चालन गरी २५ पना भन्दा बढी महिलालाई रोजगार प्रदान गरेका महिला ब्यबसायी तथा शिक्षा, स्वास्थ, न्याय लगायतका क्षेत्रमा योगदान गरेका महिलाहरुलाई नगर पालिकाले सम्मान गरेको हो ।

लब्ध प्रतिष्ठित महिला सम्मानबाट सम्मानित हुने महिलाहरु ः
माननीय श्री विष्णु देवी पुडासैनी, राष्ट्रिय सभा सदस्य, पुर्व माननीय श्री सरिता न्यौपाने पुर्व प्रतिनिधिसभा सदस्य एबँ केन्द्रिय सदस्य, नेकपा एमाले, श्री विन्दु पुडासैनी सिम्खडा, निवर्तमान नगर उपप्रमुख,कागेश्वरी मनोहरा नगरपालिका, श्री मैयाँ विशुन्खे, श्री सुशिला न्यौपाने, श्री कविता फुयाल, श्री दिक्षा पुडासैनी, श्री प्रमिला पुडासैनी फुयाल, श्री गरिमा राई, श्री बिध्या चापागाँई, श्री सीता देवी सुवेदी, श्री कुशला पौडेल, श्री लक्ष्मी पराजुली, श्री सरस्वती थापा कार्की,श्री दिपिका रिजाल, श्री ज्योति कोइराला,श्री शारदा रावत, श्री सम्झना फुयाल, श्री सुरक्षा पुडासैनी, श्री अनुपमा कार्की, श्री लक्ष्मी –फडेश्वरी) घिमिरे भट्टराई, श्री चमिला भट्टराई, श्री सुनिता घिमिरे, श्री मंजु भण्डारी खनाल, श्री दिक्षा थापा,श्री रेसमी आचार्य थापा, श्री योंगिता लामा, श्री रोशनी खड्का, श्री मन्चला थापा, श्री निर्जला थापा, श्री शुभेच्छा चापागाईं, श्री आस्था कार्की, श्री मिलन थापा, श्री सविता थापा, श्री सौगात विष्ट, श्री कालिका कार्की, श्री सुमिता कार्की, श्री सबिना खड्का, श्री अञ्जु भट्टराई, श्री लक्ष्मी सापकोटा, श्री पवित्रा लामिछाने, श्री शुक्ति दाहाल, श्री मनिसा चापागाई, श्री मीरा ओझा, श्री अंशुमाला जोशी, श्री उषा भण्डारी, श्री डा अनिता श्रेष्ठ, श्री नियन्ता कोईराला, श्री रोशनी कार्की, श्री अंजना बैद्य, श्री मेनीला खरेल र श्री तुलसा सेढाई हुनुहुन्छ ।



नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा अन्तरगत कृषी, सहकारी तथा प्राकृतिक श्रोत समितीका सभापति माननिय डा आरजु राणा देउवाको प्रमुख आतिथ्यता एबँ अर्थ समितीका सभापति माननिय सन्तोष चालिसेको बिशेष आथिथ्यतामा नगर पालिकाले लब्ध प्रतिष्ठित महिला सम्मान कार्यक्रम आयोजना गरेको थियो ।


नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा सँम्पन्न सँम्मान कार्यक्रममा प्रमुख अतिथी देउवाले महिलालाई सक्रिय राजनितिमा आएर देश बनाउने जिम्मेवारी लिन आग्रह गर्नु भएको थियो । महिलाले आमा, श्रीमती, बुहारी, छोरी बन्ने रोलबाट भाग्न मिल्दैन भन्दै देउवाले भन्नु भयो हाम्रो भुमिका कर्म र धर्मको हो तर हमिले भेदभाब र भ्वाइलेन्सको बिरोध तथा स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइ रहनु पर्दछ ।
महिलाको सम्मान नभएको समाज राम्रो हुँदैन भन्दै बिशेष अतिथी माननिय सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगर पालिकाको प्रमुख हुँदा ३ सय ८३ महिला समुह गठन गरेको स्मरण गर्दै हाल उनिहरुले उत्पादन गरेको अचार अमेरीका देखी अष्ट्रेलिया सम्म पुग्ने गरेको जानकारी गराउनु भयो ।


२०४९ सालमा भद्रवास गाबिसको अध्यक्ष जित्दाका चुनैति देखी हालै राष्ट्रिय सभा सदस्यको निर्बाचन जित्दा सम्मका सँघर्षको चर्चा गर्दै राष्ट्रिय सभा सदस्य माननिय बिष्णुदेबी पुडासैनीले नगरपालिकाले सम्मान गरेर कागेश्वरी मनोहरा समुन्नत बनाउन जिम्मेवारी थपेको बोध भएको बताउनु भयो । महिलाहरुको उत्पादन खरिद गरेर नगरपालिकाले गृहलक्ष्मी पसलघर चलाउँदै उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने आबश्यकता पनि औल्याउनु भयो ।


सभ्य र समुन्नत समाज चाहिन्छ भने महिलामाथी लगानी नगरी सुखै छैन भन्दै नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको बिकासमा महिलाहरुले गरेको योगदान स्वरुप सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
हजुरआमा देखी छोरीको पुस्ता सम्म आइपुग्दा समेत महिलाका समस्याका अपेक्षित समाधान हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै नगर प्रमुख कार्कीले राजनैतिक, आर्थिक, सामाजिक, तथा कानुनी क्षेत्रबाट महिलाको समस्या सँम्बोधन गर्ने कोशिष भएको जानकारी गराउनु भयो ।


नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले स्वागत गर्नु भएको कार्यक्रमलाई पुर्ब साँसद सरिता न्यौपाने, पुर्ब उपमेयर बिन्दु पुडासैनी सिँखडा, वडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेल, वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनी, वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ठ (धन) वडा नँ ६ का अध्यक्ष प्रकाश फुँयाल, वडा नँ ८ का अध्यक्ष हरिभक्त पुडासैनी नेकपा माओबादी केन्द्रका महेश्वर फुँयाल तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापती कबिर शर्मा लगायतले महिला अधिकारका सवालमा सँम्बोधन गरेका थिए ।