भक्तपुर २ चैत्र । बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर १ शिरुटार स्थित कौशलटार बालकोट बिरुवा सडकको अनुगमन गरेका छन । मन्त्री दुलालले हिजो सुर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थानियको उपस्थितिमा सडक अनुगमन गगरेका हुन । अनुगमनका क्रममा मन्त्री दुलालले आन्फ्नो कार्यकालमा बागमती प्रदेश भित्रका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै भक्तपुरको अधुरा विकास निर्माणका कार्यहरुलाइ पनि आफ्नै कार्याकालमा पूर्णता दिने प्रतिबद्धता ब्यक्त गरे । उक्त अबसरमा मन्त्री दुलालले गर्दै निर्माण ब्यवसायिलाइ समयमै कार्य सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।
उक्त सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले १२ करोडको बहुबर्शिय योजना स्वीकृत गरेको थियो । उक्त योजनाको ठेक्का भइ निर्माण कम्पनी भण्डारी अमरज्योतीले ९ करोड १६ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गर्दै आइरहेको पुर्वाधर बिकास कार्यालय काभ्रेका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिए ।
त्यस्तै निर्माण ब्यवसायी रामेश्वर बस्नेतले हालसम्म ८० प्रतिशत कार्त सम्पन्न भैसकेको र बाकी कार्य सम्झौता अवधीभित्रै सकिने प्रतिवद्द्ता प्रकट गरे ।
उक्त अवसरमा बागमती प्रदेश सरकार, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डि.पी. ढकालले भक्तपुरको समग्र बिकास निर्माण र समृद्दिको पहलका लागि कुनै कसर बाकी नराख्ने बताउँदै आफू बागमती प्रदेश सरकार, मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएलगत्तै भक्तपुर आस्पतालमा सिटि स्क्यान्को लागि ८ करोड चागुनारायण फास्ट ट्रयाकको लागि बहुबर्सिय योजना अन्तरगत २० करोड, कौशलटार बिरुवा सडकको लागि १२ करोड लगायतका थुप्रै योजनामा पहलकदमी लिएको जानकारी गराएका थिए ।
अनुगमनमा बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डि.पी. ढकाल बागमती प्रदेश सभा सदस्य किरण थापा, भावना श्रेष्ठ, सकुन्तला थापा, लगायत बिशिठ ब्यक्तित्वहरुको उपस्थिति थियो ।