अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सँम्पन्न

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , प्रवास , ८ महिना अगाडि

काठमाडौं १९ बैशाख । भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगढ स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रमका संयोजक एवं भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीका अनुसार प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५७ बिधामा नेपालबाट गएका राष्ट्रिय कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको कार्यक्रममा दशक गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसिलाई सम्मान गरिएको थियो । त्यसैगरी मौलिक लोक गायकको रुपमा चर्चित लोक गायक राम कुमार नेपालीलाई सम्मान गरिएको थियो । पत्रकार सम्मान कमल चौलागाईले हात पारे ।