केरला ।दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा एक नेपालीसहित कम्तीमा ५६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परीले ठूलो क्षति पुर्याएको हो । त्यहाँ पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २ २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर भीषण वर्षाले पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।वायनाडका सांसदसमेत रहेका भारतीय प्रतीपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले यूडीएएफका कार्यकर्तालाई उद्धार कार्यमा लाग्न आग्रह गरेका छन् ।