अनेसास नवोदित साहित्यिक डबलीको १ सय ४९ औं शृङ्खला सम्पन्न

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , साहित्य , १ महिना अगाडि

दोहा,२६ साउन । लामो समयदेखि साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नवोदित साहित्यिक वाचनालय कतारको आयोजनामा भइरहेको साहित्यिक वाचन डबलीको १ सय ४९ औं शृङ्खला सम्पन्न भएको छ । दुई दर्जन सर्जकले आफ्नो रचना सुनाएको कार्यक्रमको बिशिष्ट श्रोता मोना कतारका निवर्तमान अध्यक्ष तथा मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी थिए ।


अनवर अलिको मुक्तकबाट शुरु भएको कार्यक्रममा लेख कार्की, दिलिप पराजुली, सानू थपलिया, प्रेम प्रसाद भट्टराई, सिताराम थापा, तिर्थ संगम राई, लिलानाथ घिमिरे, सुजाता डि सि, सदिक्षा थपलिया, सुरेश परियार , डिल्लीराज केसी, रफिम मिया, खिम पुन, पूर्ण कान्छा गुरुङ, सन्तोष केसी, निर्दोष बस्याल ूसामन्ती नारायण भण्डारी निर्जल, शोभाराम ओली, खेमराज सुवेदी, राज रुचाल, सुजाता डिसी, लीलानाथ घिमिरे, गणेश बस्याल, प्रकाश पाठक योगीले आ आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै विशिष्ट स्रोता एबँ सामाजिकरुपमा चिरपरिचित व्यक्ति फगामीले मोना कतार र साहित्यिक संस्थाको घनिष्ठ सम्बन्ध स्मरण गर्दै आगामी दिनहरूमा पनि समयले साथ दिएसम्म निरन्तर उपस्थित हुने बताए । आफू साहित्यलाई माया गर्ने तर कार्यक्रम हुँदा समयानुकूल नभएकोले आउन नसकेको बताउँदै फगामीले आगामी आउने डबलीदेखि यसलाई निरन्तरता दिने बताए । हरेक मान्छेमा आफूमा एउटा न एउटा खुबी हुन्छ तर आफैंले चिन्न सक्नुपर्छ यहाँहरूले आफ्नो बाटो चिन्नुभएको छ फगामीले भने ।

-दिलिप पराजुली, दोहा, कतार