श्रीलंकामा नवनियुक्त राष्ट्रपति दिसानायकेद्वारा संसद् विघटन

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ३ हप्ता अगाडि

काेलम्बाे । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। मंसिर १४ गते संसदीय निर्वाचन हुने गरी मिति तय गर्दै राष्ट्रपति दिसानायकेले संसद् विघटन गरेका हुन्।

यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो। २२५ सिटमध्ये दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ ।

यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बन्ने यो तेस्रो पटक हो । दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिएका थिए ।