भद्रबासमा रक्तदान, रेडक्रस पुस्तकालय बन्ने

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , १७ मिनेट अगाडि

काठमाडौं। ३ कार्तिक । स्व. भवानी पौडेल स्मृती प्रतिष्ठानको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका ३ मा रक्तदान कार्यक्रम सँम्पन्न भएको छ । २८ जना दाताहरुले रक्तदान गरेको कार्यक्रमको सँयोजन कागेश्वरी मनोहरा युवा क्लब तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले गरेको थियो ।


काठमाण्डौमा बढ्दो डेंगु संक्रमणका कारण हुन गएको रगतको चरम अभाबलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेरेसो कागेश्वरी मनोहरा उपशाखाका सभापती बासु पौडेलले जानकारी दिनुभयो । सभापती पौडेलका अनुसार उपशाखाले चाँडैनै रेडक्रस भवनमा रेडक्रस पुस्तकालय समेत सन्चालनमा ल्याउने छ । त्यस सँम्बन्धि अधिकारीक निर्णय गरि कार्यान्वयनमा जाने पनि पौडेलले जानकारी दिनुभयो ।


सँबिधान सभाका सदस्य तथा पुर्ब प्रदेशमन्त्री रामेश्वर फुँयालको प्रमुख आतिथ्यता तथा प्रतिष्ठान का संरक्षक दामोदर प्रसाद पौडेलको अध्क्षतामा सँम्पन्न भएको कार्यक्रममा कागेश्वरी मनोहरा नगर पालिका ३ का अध्यक्ष राममणी पुडासैनी, उपशाखाका सँस्थापक सभापती प्रदिप पुडासैनी, नेपाल स्काउटका बिदुर गिरी, नेरेसो काठमाण्डौ जिल्ला शाखाका मन्त्री बुद्धिमान शाक्य तथा जिल्ला सदस्य लक्ष्मी प्रसाद कुइकेल लगायतको उपस्थिती रहेको थियो ।